Madhes Khabar
मधेस प्रदेश

मधेस : आँप बाेकेकाे ट्याक्टर दुर्घटना हुदाँ दुई जनाकाे मृत्युु

सांकेतिक तस्बिर ।

सप्तरी,२०जेष्ठ:सप्तरीको राजविराजबाट आँप बोकेर कन्चनपुर आँदै गरेको ट्याक्टर दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा सिरहाको लाहान नगरपालिका–१९का ३२ वर्षीय मोहम्मद इसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल रामको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको विराटनगरस्थित गोल्डेन सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

हुलाकी सडक खण्डमा पर्ने सुब्बाटोलमा शनिबार बेलुकी स १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको थियो । हुलाकी सडक भएर राजविराजबाट आँप लिए कञ्चनपुरतर्फ जाँदै गरेको ट्याक्टर सडकबाट झण्डै १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Related posts

मधेस सरकार असफल भएकाे साेनलकाे आराेप

MadhesKhabar

मधेस : घुस रकम सहित दुई प्रहरी पक्राउ

MadhesKhabar

मधेस सरकारका मुख्यमन्त्री ,मन्त्री र सचिवले लिदैं आएकाे सुराकी कमिसन खारेज

MadhesKhabar

Leave a Comment