Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य आकाशियो, तोलाको १ लाख ४० हजार ५०० पुग्यो

सांकेतिक तस्बिर।

काठमाडौं,१७जेष्ठ: :सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य ह्वात्तै बढेको छ।सरकारले आगामी आर्थिक बर्ष २०८१÷०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ। यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला १ लाख ४० हजार ५०० रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ८०० रुपैयाँ पुगेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।बिहीबार चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

Related posts

भारतका सबै बन्दरगाह नेपालका लागि खोल्नु पर्ने वीरगन्जका उद्योगी व्यपारीको माग

MadhesKhabar

डिजेल र पेट्रोलको मुल्य घट्यो

MadhesKhabar

वीरगन्जका दुवै भन्सार कार्यालय असफल

MadhesKhabar

Leave a Comment