Madhes Khabar
समाज

वीरगन्जमा आकस्मिक रक्तदान कार्यक्रममा १ महिलासहित २८ जनाले गरे रगत दान

वीरगन्ज,१५जेष्ठःवीरगन्जमा मंगलबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १ महिलासहित २८ जनाले रगत दान गरेका छन् ।गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्र वीरगन्जमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रगत दान गरेका हुन् ।

रगत दान गर्नेहरुमा कुसुम पोदार, बलिराम महतो,आलोक कुमार, विवेक राउत, सुमित पटेल, संजÞय पाण्डे लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सदस्य शीवनाथ यादवले जानकारी दिए ।

रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, उपसभापति मधु राणा,सदस्य शिवनाथ यादव लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

ठाकुरराम क्याम्पसमा अनेरास्ववियुको कार्यक्रममा ३३ जनाद्वारा रक्तदान

MadhesKhabar

जेष्ठ नागरिकलाई सम्मानित गर्दै प्रदीप यादवले भने : ज्येष्ठ नागरिक समाजका खम्बा हुन्

MadhesKhabar

वीरगन्जमा बकर ईद पर्वकाे अवसरमा २१ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment