वीरगन्ज,१५जेष्ठःवीरगन्जमा मंगलबार आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १ महिलासहित २८ जनाले रगत दान गरेका छन् ।गणतन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्र वीरगन्जमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा १ महिला सहित २८ जनाले रगत दान गरेका हुन् ।
रगत दान गर्नेहरुमा कुसुम पोदार, बलिराम महतो,आलोक कुमार, विवेक राउत, सुमित पटेल, संजÞय पाण्डे लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सदस्य शीवनाथ यादवले जानकारी दिए ।
रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, उपसभापति मधु राणा,सदस्य शिवनाथ यादव लगायतकोपनि उपस्थिती थियो ।

