
काठमाडौं,१५जेष्ठःसरकारले कृषि क्षेत्रको बजेट घटाएको छ ।मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट भने घटाइएको छ । अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय तर्फको बजेट ५७ अर्ब २९ करोड रहेको घोषणा गरे ।
चालु आर्थिक वर्षको कृषिको बजेट ५८ अर्ब ९८ करोड बिनियोजन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९÷८० मा कृषि तथा पशुपन्छीतर्फ ५५ अर्ब ९७ करोड बिनियोजन भएको थियो ।
यसैबिच आगामी आर्थिक बर्षको बजेटमा कउषि क्षेत्रतर्फको बजेट घटाइएपनि उखु अनुदानमा भने सरकारले बजेट बढाएको छ । मंगलबार संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताए । चालु आर्थिक वर्षका लागि भने उखु खेती अनुदानका लागि ८० करोड विनियोजन गरिएको थियो ।

