Madhes Khabar
स्थानिय

जगरनाथपुरमा विद्यालयको १ बिघा १० कठ्ठा जग्गा गराइयो अतिक्रमण मुक्त

वीरगन्ज,१५जेष्ठःपर्साको जगरनाथपुर गाँउपालिकाले सार्वजनिक र ऐलानी जग्गालाई अतिक्रमणमुक्त बनाउने कार्यलाई तिब्रता दिएको छ । गाँउपालिका अध्यक्ष श्रीकान्त यादवको नेतृत्व आएदेखि नै गाँउपालिकाले अतिक्रमण गरि सार्वजनिक र ऐलानी जग्गामा बनाइएका संरचना हटाउने कार्यलाई तिब्रता दिदैं आएको हो ।

यसैक्रममा वडा नम्बर ३ खलुचडी टोलमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १ बिघा १० कठ्ठा जग्गाको अतिक्रमणपनि गाँउपालिकाले डोजर लगाएर हटाएको हो । विद्यालयको स्वामित्वमा रहेको जग्गामा अतिक्रमण गरि बनाइएका घरटहराहरु गाँउपालिकाले डोजर लगाएर हटाएको हो । अतिक्रमणमुक्त बनाइएको उक्त जग्गामा पर्खाल निर्माण गरेर घेराबारपनि गरिएको गाँउपालिका अध्यक्ष यादवले बताए ।

उनले अब कसैलेपनि विद्यालयको जग्गा अतिक्रमण गरे कडा भन्दा कडा कारबाही गर्ने चेतावनीपनि दिएको कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष विनयभूषण द्विवेदीले जानकारी दिए ।

 

Related posts

पानीको संकट समाधानका लागि वीरगन्जमा सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

MadhesKhabar

बारामा क्याम्पस प्रमुख कुशवाहाकाे गाेली हानी हत्या

MadhesKhabar

स्व. गाेपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार पासवान पुरस्कृत

MadhesKhabar

Leave a Comment