Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जसहित पर्साका सबै नाका आजदेखि ३ दिनका लागि बन्द

वीरगन्ज,१०जेष्ठ :भारतको बिहारसंग सिमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका सबै सीमा नाकाहरु आज बिहीबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

भारतमा अहिले भइरहेको लोकसभा निर्वाचनका लागि वीरगन्जसहित पर्सा जिल्लाका सबै नाकाहरु आज बिहान ६ बजेदेखि देखि जेष्ठ १२ गते साँझ ६ बजेसम्म तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन काार्यालय पर्साले जनाएको छ ।

पर्सासंग खुल्ला सीमा जोडिएको बिहारको पश्चिमी चम्पारण जिल्लामा मे २५ तारिख अर्थात जेष्ठ १२ गते लोकसभाको निर्वाचन हुदैंछ।

पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार, मतदान हुनु ४८ घण्टादेखि भारतसंगको सीमा जोडिएका नेपालका नाकाहरु बन्द गर्ने सहमति भएको थियो ।

त्यहि सहमति अनुसार, भारतीय पक्षबाट गरिएको आग्रह अनुसार, बिहारको पश्चिम चम्पारण जिल्लासंग सीमा जोडिएको वीरगन्जसहित पर्सा जिल्लाका नाकाहरु आज बिहान ६ बजे देखि जेष्ठ १२ गते बेलुकी ६ बजेसम्म बन्द गरिने पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।

भारतसंग पर्सा जिल्लाकाे १०७ किलोमिटर सीमा जाेडिएकाे छ ।

Related posts

बिरामीको उपचारमा प्रभु र नीलकण्ठ अस्पतालको खेलवाड, आइसियु र अप्रेसन थियटरमै भेटियो म्याद गुज्रेका औषधि

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

देउवाको कारबाहीपछि गगनले भने :‘हामी नै आधिकारिक कांग्रेस हो, रुख र चारतारे झन्डा हामीसंग छ’

MadhesKhabar

Leave a Comment