
वीरगन्ज,३०बैशाखःभारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज आइतबार दुई खेल हुदैछ ,। आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबिचको खेल हुन लागेको हो।
चेन्नई र राजस्थानबिचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजेदेखि चेन्नईमा सुरु हुनेछ ।प्लेअफमा पुग्न चेन्नईलाई आजको खेल जित्नैपर्ने दबाब छ ।१२ खेलमा १२ अंकसहित चेन्नई अंक तालिकाको चौथो स्थानमा छ । राजस्थान भने ११ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ ।
बेंग्लो। र दिल्लीबिचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि बेंग्लोरमा सुरु हुनेछ । यी दुई टोलीलाई प्लेअफमा पुग्न आजको खेल जित्नुपर्ने अवस्था छ । बेंग्लोर १२ खेलमा १० अंकका साथ तालिकाको सातौ स्थानमा र दिल्ली समान १२ खेलमा १२ अंकका साथ पाँचौ स्थानमा छ ।
यसअघि शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता प्लेअफमा पुगेको छ । यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बनेको छ ।

