Madhes Khabar
खेलकुद

भारतका मोन्टी देसाइ नेपाली क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा नियुक्त

काठमाडौं,२३ माघ : नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाइ नियुक्त भएका छन् ।देसाइलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्ति गर्ने निर्णयलाई राष्ट्रिय खेलकुद परिषदले स्विकृती दिएको हो ।

औपचारिकरुपमा सोमबार उनको नाम घोषणा गरिए पनि उनी दुई साताअघि नै नेपाल आएर नेपाली टिमलाई प्रशिक्षण दिएका थिए।अघिल्लो महिना क्यानको छनोट समितिले उनलाई नियुक्त गर्न सिफारिस गर्दै खेलकुद परिषदसँग अनुमति मागेको थियो।

तर क्यान बोर्ड बैठकको निर्णय हुनु पर्ने भन्दै राष्ट्रिय खेलकुद परिषदले अनुमति दिएको थिएन। गत साता क्यान बोर्ड बैठकपछि मात्र देसाइको नियुक्ति प्रक्रिया अघि बढेको थियो।यसअघि पाँच जनाको नाम सर्टलिष्ट गर्दै अन्तरवार्तापछि देसाइलाई नयाँ प्रशिक्षक नियुक्त गर्न सिफारिस गरिएको थियो।

दुई महिनाअघि भारतीय प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि रिक्त रहेको प्रशिक्षकका लागि क्यानले खुल्ला आवेदन मागेको थियो ।फागुन पहिलो साता कीर्तिपुरस्थित त्रिवि मैदानमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यही प्रतियोगिताबाट उनले नेपाली टिमको नेतृत्व गर्नेछन्।

देसाइले ब्याटिङ सल्लाहकारका रुपमा सन् २०१७ मा नेपाली यू–१९ टिमसँग काम गरेका थिए।उनी केही महिनाअघिसम्म वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक थिए। वेस्ट इन्डिजसँगको तीन वर्षको सम्झौता सकिएपछि उनी नेपालको प्रमुख प्रशिक्षक बनेका हुन्।

देसाइले वेस्ट इन्डिज, अफगानिस्तान, युएई, क्यानडा, आइपिएलमा गुजरात लायन्यस, राजस्थान रोयल्स, पन्जाब किंग्सको प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।सन् २००८ देखि २०१५ सम्म आइपिएलमा राजस्थान रोयल्सको साहयक प्रशिक्षकको रुपमा काम गरेका थिए। साभार : सेतोपाटी

Related posts

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न वीरगन्जमा स्पाेर्ट्स एकेडेमी सञ्चालन

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

श्रीलंकालाई स्तब्ध पार्दै भारत एसिया कपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment