Madhes Khabar
राजनीति

इलाम-२ मा रास्वपाको जमानत जफत

इलाम,१८बैशाख:इलाम क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यका लागि भएकाे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको छ ।

बैशाख १५ गते भएकाे निर्वाचनमा कुल ६९ हजार ३७४ मत खसेकाेमा मतगणनामा ६८ हजार ४७२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत ल्याउन नसकेपछि रास्वपाका लिम्बुको जमानत जफत भएको हो ।चाैथाे स्थानमा रहेका लिम्बुले ५ हजार ५० मतमात्र ल्याएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

इलाम-२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ निर्वाचित भएका छन्।उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भए ।

इलाम क्षेत्र २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो भएको हाे । यो परिणाम रास्वपाका लागि अनपेक्षित थियो ।

रास्वपाले यो क्षेत्रमा विजय हासिल गर्ने लक्ष्यसहित चुनावी प्रचार गरेको त्यस दलका नेताले बताउने गरेका थिए ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने, मन्त्री सुमना श्रेष्ठ, रास्वपाका संघीय सांसदहरुसमेत चुनावी घरदैलोमा इलाम-२ गएका थिए ।

Related posts

हिम्मत भए दरबार हत्याकाण्डमा पूर्वराजालाई जेलमा काेच्न राप्रपा अध्यक्ष लिङ्देनकाे चुनाैती

MadhesKhabar

रातारात पार्टी फुटाएर बनेको ओशक राईको दल अवैधानिक छ : उपेन्द्र यादव

MadhesKhabar

बाराका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

MadhesKhabar

Leave a Comment