Madhes Khabar
खेलकुद

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टोलीमा वीरगन्जका आरिफ शेखपनि समावेश

काठमाडौं,१३बैशाख:आइसीसी टी-२० विश्वकपको तयारीका लागि वेस्टइन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ ।

शनिबारबाट काठमाडौंमा सुरु हुने वेस्टइन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजका लागि नेपाली टोली घोषणा गरिएको हाे ।

नेपाल क्रिकेट संघ(क्यान) ले बिहिबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हाे।

 

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ । ५ खेलको टी-२० सिरिज आगामी शनिबारदेखि सुरु हुँदैछ ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द

वेस्ट इन्डिज ‘ए’ टोली :

रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

Related posts

एसिया कपमा भारत र पाकिस्तासंग भिड्ने नेपाली टिमको घोषणा

MadhesKhabar

नेपालले जित्यो प्रधानमन्त्री कप फुटबलको उपाधि

MadhesKhabar

पाकिस्तानविरूद्ध सनसनीपूर्ण जित निकाल्दै श्रीलंका एसिया कपकाे फाइनलमा

MadhesKhabar

Leave a Comment