Madhes Khabar
राजनीति

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

वीरगन्ज,११बैशाखः पर्साको जिराभवानी गाँउपालिका वडा नम्बर ३ जीतपुरमा मंगलबार नेपाली कांग्रेसको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले देशमा अहिलेको कम्युनिष्ट सरकारका कारण जनताले दुख पाइरहेको आरोप लगाए ।उनले सत्ताधारी कम्युनिष्ट पार्टीका नेताहरुको दम्भले देश बर्बादी तर्फ गइरहेको आरोपनि लगाए ।

पार्टीको संगठन सुदृणिकरणका लागि आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने उनले बताए ।पार्टीको संगठनलाई अझ सकृय र सशक्त बनाउनका लागि पर्सा जिल्लाका गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रशिक्षक शाखा प्रमुख रामनारायण कुर्मीले कांग्रेसका सम्पुर्ण नेताकार्यकर्ता एक ढिक्का भएर अगाडी बढेमात्र जनताको इच्छा पूरा गर्न सकिने बताए । उनले प्रशिक्षणमा सिकेको कुरा आआफनो टोलटोलमा गएर जनतालाई बुझाई दिन आग्रहपनि गरे ।

कांग्रेस नेता तथा प्रदेश सांसद शंकर चौधरीले कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमान्दारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए। उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नैरश्यता छाएको आरोपपनि लगाए ।

कांग्रेस पर्साका उपसभापति कुर्मीको अध्यक्षता तथा सभापति क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फुलमहम्मद मिया,जितेन्द्रपुरुष ढकाल,अमृतलाल जोशी, धिरज गुप्ता,सरोज चौरसिया लगायतलेपनि आआफनो मन्तव्य राखेका थिए ।

कार्यक्रममा कांग्रेस पर्साका जिल्ला सचिव दिनेश चौधरी,कोषाध्यक्ष प्रेम बहादुर थापा,प्रवक्ता रमेश पाण्डे,पर्सागढी नगरालिकाका पूर्वमेयर लोकनारायण यादव,जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव,जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी,उपाध्यक्ष रेखा चौधरी,मनमोहन चौधरी,युवा नेता हरिन्द्र यादव,राहुल गुप्ताका साथै स्थानीय अगुवाकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

Related posts

प्रदेश सरकार खारेज गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाको माग

MadhesKhabar

जसपासंग तालमेल गर्दा एमालेलाइ सबै भन्दा बढि फाइदा मधेसमा

MadhesKhabar

संविधानसभा सदस्य रामेश्वर रौनयिार काँग्रेसको साधरण सदस्यबाट समेत निलम्बित

MadhesKhabar

Leave a Comment