Madhes Khabar
खेलकुद

नेपालका ऐरीले ६ बलमा लगातार ६ छक्का हाने, कतारलाई २११ रनकाे लक्ष्य

काठमाडौं,१बैशाख:ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।

नेपालका लागि ६ बलमा लगनतार ६ छक्का हानेका दीपेन्द्र सिंह ऐरीले २१ बलमा ६४ रन बनाए।ऐरीले कमरान खानलाई लगातार ६ छक्का प्रहार गरेका हुन्। १९ बलमा अर्धशतक प्रहार गरेका उनले २१ बलमा ७ छक्का हान्दै अविजित ६४ रन बनाए।

ओपनर आसिफ शेखले ४१ बलमा ६ चौकाको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । तीन पटक जीवनदान पाएका आसिफले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरे ।

कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि शेख र मल्लले ५३ रनको साझेदारी गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले १७ बलमा १८ तथा कुशल भुर्तेलले ११ बलमा १२ रन बनाए ।

कतारका लागि हिमाशुं राठौर र मुसावर शाहले समान तीन तीन तथा अमिर फरिकले एक विकेट लिए ।

Related posts

फुटबलप्रेमीलाई खुशीको खबर : मधेसकै सबैभन्दा बढी राशीको अन्तर्राष्ट्रिय फुटबल वीरगन्जमा हुदैं

MadhesKhabar

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

MadhesKhabar

आईपीएल :इलिमिनेटरमा राजस्थान र बेंग्लाेर खेल्दै

MadhesKhabar

Leave a Comment