Madhes Khabar
समाचार

बाराको दशगजा क्षेत्रबाट तस्करीको औषधी प्रहरीद्धारा बरामद

बारा,२९चैतःभारतबाट तस्करी गरि ल्याउँदै गरेको औषधी बाराको सीमा नाकाबाट प्रहरीले बरामद गरेको छ । बाराको सुवर्ण गाँउपालिका वडा नम्बर ३ कबहीस्थित नेपाल–भारतको दशगजा क्षेत्रबाट प्रहरीले ५५ हजार रुपैयाँ मुल्यको औषधी बरामद गरेको हो ।

बुधबारराति ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरी टोलीले टाँउकोमा बोरा बोकर भारतबाट आउँदै गरेका तस्करलाई रोक्न खोज्दा ती व्याक्ति बोरा फालेर भागेका थिए ।

उक्त बोरा खोलेर हेर्दा त्यसमा विभिन्न प्रकारका औषधी बरामद गरिएको र त्यसको बजार मूल्य ५५ हजार रुपैयाँ मुल्यांकन गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले जानकारी दिए ।

Related posts

ठोरी–२ मा १९ जना एमाले र माओवादी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश

MadhesKhabar

आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास

MadhesKhabar

नेपाल सरकार आतंकवाद र आतंकवादीलाई संरक्षण गर्नेको विरोधमा छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment