Madhes Khabar
स्थानिय

एसईई परीक्षामा चिट चाेराउने शिक्षक र नक्कली गार्ड पक्राउ

बारा,१५चैत:बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोराएको आरोपमा बारामा एक शिक्षक र एक जना नक्कली गार्ड पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराकाे देवताल गाउँपालिका–६ बर्वा घर भई कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्रप्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका–३ भटिनिया घर भई बारागढी गाउँपालिका–१ स्थित जनता मावि बुधगाईमा गार्डको रूपमा खटिएको विनोद प्रसाद यादव रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका शिक्षक सुरेन्द्रले मोबाईलमार्फत परीक्षार्थीलाई चिट चोराउन सहयोग गरेको र विनोदले नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको न्यौपानेले बताए।

Related posts

गर्मीले आजित वीरगन्जवासी विद्युत प्राधिकरणकाे बदमाशीले थप पिडित

MadhesKhabar

तीन पाङ्ग्रे सवारी व्यवस्थित गर्न चेकजाँचमा कडाई गर्दै वीरगन्ज महानगर

MadhesKhabar

वीरगन्जका वडाहरुमा पुगेर मेयर सिंहले कुनै गुनासो नआउने गरि काम गर्न कर्मचारीलाई दिए निर्देशन

MadhesKhabar

Leave a Comment