Madhes Khabar
मधेस प्रदेश

राैतहटमा बसकाे ठक्करबाट पति-पत्निकाे मृत्युु

रौतहट,११चैत:राैतहटकाे चन्द्रपुरमा बसको ठक्करबाट पति-पत्निको मृत्यु भएको छ । बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी पत्नि ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेका दुवैलाइ उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए। उक्त दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए।

Related posts

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

MadhesKhabar

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

MadhesKhabar

Leave a Comment