Madhes Khabar
अन्तर्राष्ट्रिय

रूसमा कन्सर्ट चलिरहेका बेला बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा ६० जनाको मृत्यु

काठमाडौं,१०चैतःरूसको मस्कोस्थित एक कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु भएको छ।मस्कोको उत्तरपश्चिम सहर क्रास्नोगोर्स्कस्थित क्रोकस सिटी हलमा शुक्रबारराति नकाब लगाएका बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ६० जनाको मृत्यु भएको हो।

बिबिसीका अनुसार उक्त कन्सर्टमा ६ हजारभन्दा बढी मानसिहरू उपस्थित थिए। त्यसक्रममा चार जना बन्दुकधारीहरू प्रवेश गरी गोली चलाएका थिए।गोली चलेपछि त्यहाँ भागदौड मच्चिएको थियो। मानिसहरू हलभित्र समेत प्रवेश गरेका थिए। शनिबार बिहानसम्म हलबाट १०० जना भन्दा बढीलाई उद्दार गरी अस्पताल पठाइएको बताइएको छ।

गोलीबारीपछि उक्त भवनमा आगलागी समेत भएको थियो। आगलागी ६ घन्टापछि नियन्त्रणमा लिइएको बिबिसीले उल्लेख गरेको छ।घटनापछि ७० वटाभन्दा बढी एम्बुलेन्सबाट घाइतेहरूलाई अस्पताल पु¥याइएको थियो। घाइते १४५ जनामध्ये ६० जनाको अवस्था गम्भीर रहेको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन्।

रूसले यसलाई आतंकवादी हमला भनेको छ। रूसमा थप ६ वर्षका लागि भ्लादिमिर पुटिन राष्ट्रपति निर्वाचित भएको केही दिनमै ठूलो संख्यामा नागरिकहरूको ज्यान जानेगरी आक्रमण भएको हो।घटनामा आफूहरूको संलग्नता नभएको युक्रेनले बताइसकेको छ।समाचार संस्था रोयटर्सका अनुसार आइएसआइएसले आक्रमणको जिम्मा लिएपनि पुष्टि भइसकेको छैन।साभारःसेतोपाटीबाट

Related posts

सलमान खानकाे घरमा गाेली चलाउने दुई जना पक्राउ

MadhesKhabar

भारतको मणिपुरमा २ महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको घटनाको चौतर्फी आलोचना

MadhesKhabar

दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

MadhesKhabar

Leave a Comment