Madhes Khabar
शिक्षा हेडलाइन

एकिकृत परीक्षा प्रणालीमार्फत कक्षा ८ को वार्षिक परीक्षा लिदैं वीरगन्ज महानगर

वीरगन्ज,६चैतःवीरगन्ज महानगरपालिकाले यस वर्षबाट एकिकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षा लिने भएको छ ।

चैत १५ गतेदेखि सुरु हुने कक्षा ८ को महानगरस्तरीय परिक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ । जसमा ६ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध मा.वि., नृसिंह मा.वि., श्रीपुर मा.वि., शारदा मा.वि.बहुअरी, माइस्थान विद्यापिठ मावि र ने.रा.मा.वि सोलकपुरमा परिक्षा केन्द्र निर्धारण गरिएको छ भने संस्थागत विद्यालय तर्फ सनलाईट मावि, मिनिल्याण्ड मावि, कादम्बरी एकेडेमी, जी.एच.पी. मावि र ओम नेशनल स्कूललाई परिक्षा केन्द्र निर्धारण गरिएको कर्णले जानकारी दिए।

यसवर्ष कक्षा ८ को महानगरस्तरीय बार्षिक परिक्षामा ३६ वटा सामुदायिक विद्यालयका ३ हजार १४१ जना र ८२ वटा संस्थागत विद्यालयका २ हजार ५२१ जना गरी कूल ५ हजार ६५७ जना विद्यार्थीले सहभागिता जनाउने कर्णले बताए ।

चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने परीक्षालाई निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मंगलबार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै उनीहरुका काम कर्तव्यका बारेमा जानकारी गराएको छ । परिक्षा सकिएपछि परिक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरि नीतजा तयार पारि चैत २८ गते सार्वजनिक गरिने कर्णले जानकारी दिए ।

आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उदेश्यले महानगरमा पहिलो पटक एकिकृत परीक्षा प्रणालीबाट आधारभूत तहको बार्षिक परिक्षा लिन लागेको महानगरका शिक्षा महाशाखा प्रमुख कर्णले बताए । उनले भने, विगतमा जुन विद्यालयमा अध्ययन गरेको हो सोही विद्यालयले नै परीक्षा लिएर उत्तरपुस्तिका पनि सम्बन्धित विद्यालयले जाँच गर्ने गथ्र्यो , त्यसमा केहि विद्यालय र शिक्षकहरुबाटै चलखेल हुन्थ्इो । ती सबै विकृति अन्त्य गर्न यसपालिदेखि महानगरले एकिकृत माध्यमबाट परीक्षा लिन लागेको हो ।

कर्णका अनुसार,एकिकृत परीक्षा प्रणाली सुरुभएसँगै अब भने अध्ययन अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्यांकन तेस्रो पक्षबाट हुने छ । विद्यार्थीको सिकाई मापन तेस्रो पक्षबाट हुँदा निष्पक्ष र यथार्थपरक हुने भएकाले महानगरले यस वर्षबाट एकिकृत परीक्षा प्रणाली सुरु गरेको महाशाखा प्रमुख कर्णले बताए।

मंगलबार नवनियुक्त केन्द्राध्यक्षहरुलाई महानगरकान मेयर राजेशमान सिंहले नियुक्तीपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन निर्देशन दिए ।

Related posts

गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संंरक्षण गरेको भन्दै नेविसंघ पर्साले माग्यो राजिनामा

MadhesKhabar

वीरगन्जको हरिखेतान क्याम्पसमा तत्काल पठनपाठन सुचारु गर्न अनेरास्ववियुको माग

MadhesKhabar

रामजानकी मन्दिरकाे प्राण प्रतिष्ठामा सहभागी हुन वीरगन्जबासीलाई मेयर सिंहकाे अनुराेध

MadhesKhabar

Leave a Comment