Madhes Khabar
पर्यटन

ठाेरीमा ६५ लाखकाे लागतमा घण्टाघर निर्माण हुदैं

वीरगन्ज,३चैत:पर्साको ठोरीमा निर्माण हुन लागेको घण्टाघरको शनिबार शिलान्यास गरिएको छ।ठाेरी गाँउपालिका वडा नम्बर ४ विजयबस्ती चाेकमा निर्माण गर्न लागिएको घण्टाघरकाे शनिबार वडाध्यक्ष मानबहादुर थिङले शिलान्यास गरेका हुन्।

गाँउपालिकाकाे चालु आर्थिक वर्षको बजेटबाट विनियोजित ६४ लाख ९८ हजार रुपैयाँ लागतमा विजयबस्ती चोकमा घणटघर निर्माण हुन लागेको हो ।घण्टाघर निर्माणको ठेक्का प्रकाश निर्माण सेवा कम्पनीले सकारेको छ । आगामी असार मसान्तभित्रै घणटघरकाे निर्माण कार्य सक्ने गरी निर्माणको ठेक्का दिइएको गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष श्रेष्ठकै प्रमुख आतिथ्यतामा भएकाे शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठ ललगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

अंग्रेजी नयाँ वर्ष मनाउन ठोरी आएका पर्यटकहरुलाई ढाका टोपी लगाएर गरियो स्वागत

MadhesKhabar

निजगढ विमानस्थल सरकारको उच्च प्राथमिकतामा छ : पर्यटनमन्त्री श्रेष्ठ

MadhesKhabar

वस्ती खालि भए मात्र निजगढ विमानस्थलका लागि रुख काट्ने अनुमति दिन्छौ : वन मन्त्री यादव

MadhesKhabar

Leave a Comment