Madhes Khabar
स्थानिय हेडलाइन

जग्गाधनीले मुआब्जा नबुझेका कारण बनेन मटिअर्वा–कलैयाؘ–मानमत सडक

पर्सा,१७फाल्गुनःमुआब्जा बिवादको कारण निर्माण हुन नसकेको बाराको मटिअर्वा–कलैयाؘ–मानमत सडकखण्ड अन्तर्गतको कलैया उपमहागनरपालिकामा पर्ने साढे ३ किलोमीटर सडक खण्डको ५२ जना जग्गाधनीले अझै मुआब्जा बुझेका छैनन् । भारतको सहयोगमा २ बर्ष अघि निर्माण भएको करिब २२ किमि लामो उक्त सडक खण्डमा कलैया उपमहानगरपालिकामा बरेवादेखि भवानीपुरसम्म करिब साढे ३ किमि सडक खण्ड मुआब्जा बिवादको कारण निर्माण हुन नसकेको हो ।

भारतको सीमादेखि पूर्व–पश्चिम लोकमार्ग जोड्ने उक्त सडक खण्डमा जग्गा परेका जग्गा धनीहरुले मुआब्जा रकम थोरै भएको भन्दै मुद्दा दिएपछि ठेकेदार सप्तकोशी जलाधार÷ओमसाइ एण्डक कम्पनीले काम गर्न सकेको छैन ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका सूचना अधिकृत सन्जयकुमार ठाकुरले जग्गाधनीले मुआब्जा नबुझेकै कारण ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नपाएको बताए । हाल ठेकेदार कम्पनी ठेक्काको म्याद थप प्रक्रियामा गएको र सम्पर्कमा पनि रहेकाले काम सुरु गर्न ठेकेदारको तर्फबाट कुनै समस्या नरहेको उनले बताए ।

तर ५२ जना जग्गाधनीले अझै मुआब्जा बुझ्न बाँकी रहेकाले ठेकेदार कम्पनीलाई काम सुरु गर्न समस्या भएको छ । यो सडक खण्डमा विद्यालय, मठ मन्दिर, पुस्तकालय तथा व्यक्तिगत घर जग्गा समेत गरी ४ सय ६५ जग्गाधनी मध्ये ४ सय १३ ले हाल सम्म १ अर्ब २ करोड ६८ लाख ३२ हजार ३ सय ९७ रुपैयाँ मुआब्जा बुझी सकेको ठाकुरले बताए । तर ५२ जना जग्गाधनीले भने अझै २ करोड ५५ लाख ४९ हजार ३ सय रुपैयाँ मुआब्जा बुझेका छैनन् ।

कलैया उपमहानगरबासीले अधुरो छोडिएको सडक खण्डमा धुलो उड्ने र आवागमनमा समस्या भएको भन्दै सडकलाई पूर्णता दिन दबाब स्वरुप संघर्षका कार्यक्रम गर्दै आएका छन् । कलैयाको देवकोटाचोक निवासी कर्दम श्रेष्ठले यो सडक खण्डको केही भाग निर्माण सम्पन्न नहुँदा सडक छेउ घर भएकाहरुलाई धुलोले सास्ती भइरहेको बताए ।‘हामीलाई निक्कै सास्ती भइरहेको छ,’ उनले भने, ‘अविलम्ब मुआब्जाको झन्झट सकाएर सडक निर्माण गरिनुपर्छ ।’ साभार : ईकान्तिपुरबाट

Related posts

दीपावलीमा आतिसबाजी र पटाका पड्काए पक्राउ गरी कारबाही गर्ने पर्साका एसपी शाहको चेतावनी

MadhesKhabar

वीरगन्जको घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु

MadhesKhabar

उम्मेदवारमाथि भएको सांघातिक हमलाप्रति पिपुल फ्रष्ट पार्टीको कडा आपत्ति

MadhesKhabar

Leave a Comment