Madhes Khabar
अर्थतन्‍त्र

नेपाली बजारमा घट्यो आइफोनको मूल्य, आइफोन १५ को सुरुवाती मूल्य १ लाख ३५ हजार

काठमाडौं,२६माघ: नेपाली बजारमा आइफोनको मूल्य घटेको छ।

विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ।

यसभन्दा अघि १२८ जिबी क्षमता भएको आइफोन १५ को मूल्य १ लाख ४५ हजार तीन सय ९० रूपैयाँ पर्नेमा नयाँ मूल्य १ लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ।

१ टिबी क्षमताको आइफोन १५ प्रो म्याक्सको नयाँ मूल्य २ लाख ८९ हजार ९ सय रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यसको मूल्य २ लाख ९६ हजार ९ सय ९९० रूपैयाँ थियो।

कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ को मूल्य पनि घटाएको छ। साभार:सेताेपाटी

यस्तो छ नयाँ मूल्यसूचीः

Related posts

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

MadhesKhabar

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड , एक हप्तामै बढ्यो तोलामा ५ हजार

MadhesKhabar

Leave a Comment