Madhes Khabar
स्थानिय

समाजवादी प्रेस संगठन पर्साको नयाँ नेतृत्व चयन,अध्यक्षमा शम्भु सुमन

वीरगन्ज,१२माघः नेकपा एकिकृत समाजवादी निकेट समाजवादी प्रेस संगठन नेपाल पर्साको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न विशेष अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसअनुसार संगठनको उपाध्यक्षमा हरिशंकर शर्मा ,महिला उपाध्यक्षमा रमा थामी ,सचिवमा विनोद पटेल ,सह–सचीवमा श्याम सर्राफ र कोषाध्यक्षमा संतोष साह रहेका छन् । यस्तै सदस्यमा दिपु वर्णवाल, श्याम पासवान, दिपु बर्णवाल, प्रदिप साह, धर्मेन्द्र प्रसाद यादव, जितेन्द्र यादव, राजु साह, रन्जिता कलवार, सरोज पटेल, अमोद शर्मा, श्रवण साह, राधेश्याम पटेलपनि सर्वसम्मत चयन भएका छन् ।

संगठन केन्द्रिय सदस्य एंव पर्साका निवर्तमामन अध्यक्ष मनोज पटेलको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष बिश्वमणी सुबेदीको प्रमुख आतिथ्यतामा भएको जिल्ला सम्मेलनमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी, संगठनका केन्द्रिय महासचिव रामकुमार एलन, उपमहासचिवद्वय लेखनाथ सिकारु र प्रतिज्ञा बुढामगर, सचिवद्वय बृजलाल पासवान र नेपोलियन चेपाङ, केन्द्रिय सचिवालय सदस्य रेविन्द्र कार्की लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

वीरगन्ज कारागारका एक कैदीको नारायणी अस्पतालमा मृत्यु

MadhesKhabar

पथलैयामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

MadhesKhabar

वीरगन्ज : मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

MadhesKhabar

Leave a Comment