Madhes Khabar
समाज

वीरगन्जको छपकैयामा साहिब दरबारद्वारा ११५ जनालाई सिरक वितरण

वीरगन्ज,७माघःवीरगन्जमा परोपकारी कार्य गर्दै आइरहेको साहिब दरबारले आइतबारपनि वीरगन्जमा गरिब,विपन्न तथा बृद्धबद्धाहरुलाई जाडोमा न्यानोका लागि सिरक वितरण गरेको छ ।

साहिब दरबारले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा गरिब, विपन्न तथा बृद्धबृद्धा गरी १ सय १५ जनालाई सिरक वितरण गरेको हो ।यसअघि उक्त संस्थाले वीरगन्जको बेलवामा ७० जनालाई सिरक र नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई १ सय ५० थान कम्बल वितरण गरेको थियो ।

आइतबारको सिरक वितरण कार्यक्रममा साहिब दरवारका अध्यक्ष उमेशलाल सहनी ,सदस्यहरू संगिता दास,लक्ष्मी देवी चौरसिया,हफिज मियाँ ,दिलिप दास,वंशीधर गुप्ता ,राधिका देवी ,दिपेन्द्र राउत, पिन्टु साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

बाराकाे जीतपुरबाट १० दिनदेखि बेपत्ता बालक अंश वीरगन्जको खाेलामा मृत अवस्थामा भेटिए

MadhesKhabar

२० औं वार्षिक उत्सवमा रेडियो वीरगन्जले शनिबार वृहत्त रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

वीरगन्जमा प्रेस सेन्टरकाे कार्यक्रममा ५५ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment