Madhes Khabar
समाज

वीरगन्जको छपकैयामा साहिब दरबारद्वारा ११५ जनालाई सिरक वितरण

वीरगन्ज,७माघःवीरगन्जमा परोपकारी कार्य गर्दै आइरहेको साहिब दरबारले आइतबारपनि वीरगन्जमा गरिब,विपन्न तथा बृद्धबद्धाहरुलाई जाडोमा न्यानोका लागि सिरक वितरण गरेको छ ।

साहिब दरबारले आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा गरिब, विपन्न तथा बृद्धबृद्धा गरी १ सय १५ जनालाई सिरक वितरण गरेको हो ।यसअघि उक्त संस्थाले वीरगन्जको बेलवामा ७० जनालाई सिरक र नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई १ सय ५० थान कम्बल वितरण गरेको थियो ।

आइतबारको सिरक वितरण कार्यक्रममा साहिब दरवारका अध्यक्ष उमेशलाल सहनी ,सदस्यहरू संगिता दास,लक्ष्मी देवी चौरसिया,हफिज मियाँ ,दिलिप दास,वंशीधर गुप्ता ,राधिका देवी ,दिपेन्द्र राउत, पिन्टु साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

रानीघाटमा दुर्गा पूजा समितिले आयाेजना गरेकाे कार्यक्रममा ७९ जनाले गरे रक्तदान

MadhesKhabar

यादव जातिमा रहेका सामाजिक कुरीति हटाउनुपर्छ : गाँउपालिका अध्यक्ष यादव

MadhesKhabar

रुखबाट खसेर असक्त भएका पर्साका एक युवकलाई उपकार सेवाले दियो ह्वील चेयर

MadhesKhabar

Leave a Comment