Madhes Khabar
राजनीति

मधेसमाथि फेरि एउटा ठूलो संकट आउँदैछ : उपेन्द्र यादव

वीरगन्ज,०५माघ : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रि अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोह देशमा भएका अन्य आन्दोलन भन्दा युगान्तकारी आन्दोलन भएको बताएका छन् ।

प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले शुक्रबार वीरगन्जमा आयोजना गरेको बलिदानी दिवस कार्यक्रममा प्रमुख अतिथी यादवले भने,‘ यो मुलुकमा राणा , राजालाई हटाउने देखि गणतन्त्र ल्याउनेसम्मका आन्दोलनहरु भए । तर ती आन्दोलन केवल सत्ता प्राप्तिको लागि मात्र थिए । केहि अधिकारपनि प्राप्त भए । तर मधेस आन्दोलनले सत्ता मात्र होइन राजनीतिक प्रणाली नै परिवर्तन गरिदियो । त्यसकारण मधेस आन्दोलन युगान्तकारी आन्दोलन थियो।’

मधेस आन्दोलनकै कारण मुलुक संघीयता र समावेशीता पाएको जिकिर उनले गरे । मधेसीमाथि भएका विभेद र अपमानीत जीवन जिउनु पर्ने विवशताको अन्त्य र बराबरीको हक प्राप्तीका लागि मधेस आन्दोलन भएको उनले बताए ।

नेपालमा बहुदल प्राप्ति देखि यताको ३४ वर्षमा देशमा भ्रष्टचारतन्त्र, कमीशनतन्त्र र कुशासन चरम सीमामा पुगेको भन्दै यादवले शिक्षा र स्वास्थ्य क्षेत्रको व्यपारिकण र माफियाकरण गरिएको उनले बताए । देशको कृषि क्षेत्र र उद्यागकारखानापनि धराशायी बनाइएको आरोप लगाउँदै यादवले भने,‘यी सबै सुधार गरिएन भने देश बर्बाद हुने निश्चित छ।’

मधेसमाथि फेरि एउटा ठूलो संकट निम्तिन थालेकोपनि यादवले बताए ।तरााई–मधेसको लाइफलाइन चुरे क्षेत्रको बढ्दो दोहनले तराई–मधेस मरुभूमीमा परिणत हुने खतरा रहेको उनले बताए । यादवले भने,‘ चुरेको दोहनले मधेसका भूजलको सतह झन् झन तल झर्दै गइरहेको छ । पानीका श्रोतहरु सुकिरहेका छन् । यदि चुरेको दोहन रोकेर चुरेको संरँक्षण नगर्ने हो भने पुरा तराई– मधेस मरुभूमीकरण हुने निश्चित छ ।’चुरेको दोहन नरोकिए मधेसमात्र नभइ देश नै बर्बाद हुने उनको कथन थियो ।त्यसका कारण चुरेलाई जोगाउन जसपा संघर्ष गर्न तयार रहेको उनले बताए ।

प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री महम्मद समिमको अध्यक्षतामा भएको बलिदानी दिवस कार्यक्रमलाई संघीय सरकारका पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादव ,प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत , अर्थमन्त्री सञ्जय यादव , खेलकुदमन्त्री सुनिता साह , उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव , उर्जा सिंचाई तथा खानेपानीमन्त्री सिंहासन साह कलवार ,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह , प्रदेशसभा सदस्यहरु जर्नादन सिंह क्षेत्री , श्याम पटेल , प्रमोद जयसवाल लगायतलेपनि सम्बोधन गरेका थिए ।

Related posts

मुख्यमन्त्री राउतका प्रतिस्पर्धी सर्राफ भन्छन् : भ्रष्ट्रचारीलाई आफनो भोट नबेच्नु होला

MadhesKhabar

झापा– ५ बाट एमालेले गर्‍यो केपी ओलीको एकल नाम सिफारिस

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध छ : रवि लामिछाने

MadhesKhabar

Leave a Comment