Madhes Khabar
शिक्षा

वीरगन्जको माैजेसिर्सियामा नवनिर्मित विद्यालय भवनकाे मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,५माघ:वीरगन्ज महानगरपालिका वडा नम्बर २५ माैजे सिर्सियामा रहेकाे रामआज्ञा चतुर्वेदी आधारभूत विद्यालयमा नवनिर्मित भवनकाे शुक्रबार उद्घाटन गरिएको छ।

शुक्रबार वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले उक्त भवनकाे उद्घाटन गरेका हुन् ।त्यसअवसरमा संविधान सभा सदस्य आशा चतुर्वेदीकाेपनि उपस्थिति रहेकाे थियाे ।

वीरगन्ज महानगरपालिका र जिल्ला समन्वय समिति पर्साकाे गरी ६७ लाख रुपैयाँको लागतमा ४ काेठे भवन निर्माण गरिएको हाे।

उद्घाटन कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्कुल ब्याग र ट्रयाकसुटपनि वितरण गरिएको थियाे ।

वडाध्यक्ष आशुतोष चतुर्वेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,सदस्य , प्रधानाध्यापक ,शिक्षक,शिक्षिका,अभभावक लगायतकोपनि उपस्थिति थियाे।

Related posts

सरकारसँग भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकहरु भन्छन् : आन्दोलन जारी रहन्छ

MadhesKhabar

शिक्षा नै समाज विकासकाे प्रमुख आधारस्तम्भ हाे : सांसद यादव

MadhesKhabar

पहिलो वर्षमै शतप्रतिशत नतिजा ल्याउँदै बीएचसी मेडिकल कलेज (नर्सिङ क्याम्पस) मधेस प्रदेशमै प्रथम

MadhesKhabar

Leave a Comment