Madhes Khabar
समाज

पर्साकाे टिकुलियामा लैंगिक हिंसा सम्बन्धि तीनदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

प्रमोद यादव

पर्सा,२२पुष:पर्साकाे पर्सागढी नगरपालिका वडा नम्बर ७ टिकुलीयामा लैंगिक हिंसा सम्बन्धि तीनदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

पर्सागढी नगरपालिकाकाे सहयाेगमा सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीले आयाेजना गरेकाे उक्त कार्यक्रममा सहभागीहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसाको उदेश्यले  स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरूका बारे प्रशिक्षण दिएको आयोजक संस्थाकी अध्यक्ष ललिता देवी यादवले बताईन्।

वडा नम्बर ७ का वडाध्यक्ष शंकर राय भरको अध्यक्षतामा भएको कार्यक्रममा  वडा सचिव रिमा चौधरी वडा सदस्य सदस्यहरु, स्थानीय महिलाहरू, स्थानीय पत्रकार  लगायतकाे सहभागीता थियो।

कार्यक्रमको सहजिकरण सहज सेवा सीप विकास केन्द्र पटेर्वा सुगौलीका कार्यकारी निर्देशक सुस्मिता कुमारी चौधरीले गरेकी थिइन् ।

Related posts

वीरगन्जमा शिखर इन्स्योरेन्स कम्पनीले आयोजना गरेको कार्यक्रममा ५८ जनाले गरे रक्तदान

MadhesKhabar

नेपाल भारत मैत्री संघको कार्यक्रममा ५७ जनाद्धारा रगत दान

MadhesKhabar

बहुदरमाईमा जनचेतनामुलक सडक नाटक प्रदर्शन

MadhesKhabar

Leave a Comment