Madhes Khabar
राष्ट्रिय

बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच ढुंगा हानाहान

काठमाडौं,७मंसिरः काठमाडौंको बल्खुमा राष्ट्रिय युवा संघ र दुर्गा प्रसाई समूहबीच झडप भएको छ। सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो।

तीनकुन आउनेक्रममा युवा संघका कार्यकर्ता मोटरसाइकल ¥याली गर्दै बल्खु पुगेपछि दुर्गा प्रसाईं समूह र युवा संघ कार्यकर्ताबीच ढुंगा हानाहान भएको हो। प्रहरी उक्त स्थानमा पुगे लगत्तै स्थिति नियन्त्रणमा आएको छ।

भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा काठमाडौंमा जनप्रदर्शन गरेको युवा संघ नेपालले जनाएको छ। प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेका छन्।

आज युवा संघले तीनकुने र प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा बल्खुमा प्रदर्शन भएको हो। साभारःअन्नपूर्णपोष्टबाट

Related posts

गृह मन्त्रालयद्वारा १३ जिल्लाका सीडीओ हेरफेर

MadhesKhabar

काठमाडौं महानगरले पूर्वाराजा ज्ञानेन्द्र शाहलाई गर्‍यो करिब ८ लाख जरिवाना

MadhesKhabar

तिलावे पुलको उद्घाटन , अब आवागमन सहज हुने

MadhesKhabar

Leave a Comment