Madhes Khabar
समाज

भूकम्प पिडितहरुकाे राहतका लागि पर्साबाट नेविसंघले उठाएर दियाे ५२ हजार ७ सय रुपैयाँ

वीरगन्ज,२५कार्तिक:जाजरकोटमा गएकाे विनाशकारी भूकम्प प्रभावित क्षेत्रका पिडितहरुकाे राहतका लागि नेपाल विद्यार्थी संघले ५२ हजार ७ सय रुपैयाँकाे आर्थिक सहयाेग गरेकाे छ।

वीरगन्जका विभिन्न संघसंस्था र व्याक्तिहरुबाट चन्दा संकलन गरेर भूकम्प पिडितहरुका लागि आर्थिक सहयाेग गरिएको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए।विभिन्न संघसंस्था र व्याक्तिका साथै नेविसंघका सदस्यबाट समेत गरि ५२ हजार ७ सय रुपैयाँ भूकम्प पिडित राहत काेषकाे खातामा जम्मा गरिएको यादवले जानकारी गराए।

यादवका अनुसार, आन्तरिक राजश्व कनर्यालय वीरगन्जले १० हजार,नारायणी अस्पतालका निमित्त मेसु डा. चित्तरन्जन साहले १० हजार,क्वेष्ट फर्मास्युटिकल्सले ७ हजार ५ सय,वीरगन्ज १ का वडाध्यक्ष मनाेज राउत कुर्मीले ५ हजार १ सय, नारायणी अस्पतालका डाक्टर नीरज सिंहले ५ हजार, कांग्रेसका युवा नेता राकेश यादवले २ हजार ५ सय र सराेज चाैरसियाले १ हजार ५ सय गरि १८ जनाबाट कुल ५२ हजार ७ सय रुपैयाँ संकलन गरि शुक्रबार  काेषकाे खातामा जम्मा गरिएको यादवले जानकारी दिए।

Related posts

वीरगन्जमा ओबीसी महासंघको कार्यक्रममा ५३ जनाद्वारा रगतदान

MadhesKhabar

सिर्सिया नदिमा फाेहाेर पानी मिसाउने उद्योगलाई कारबाही गर्ने निर्णय

MadhesKhabar

वीरगन्जको सबैठवामा विपन्न र दलितहरुलाइ कम्बल वितरण

MadhesKhabar

Leave a Comment