वीरगन्ज,२५कार्तिक:जाजरकोटमा गएकाे विनाशकारी भूकम्प प्रभावित क्षेत्रका पिडितहरुकाे राहतका लागि नेपाल विद्यार्थी संघले ५२ हजार ७ सय रुपैयाँकाे आर्थिक सहयाेग गरेकाे छ।
वीरगन्जका विभिन्न संघसंस्था र व्याक्तिहरुबाट चन्दा संकलन गरेर भूकम्प पिडितहरुका लागि आर्थिक सहयाेग गरिएको नेविसंघ पर्साका सभापति रमेश यादवले बताए।विभिन्न संघसंस्था र व्याक्तिका साथै नेविसंघका सदस्यबाट समेत गरि ५२ हजार ७ सय रुपैयाँ भूकम्प पिडित राहत काेषकाे खातामा जम्मा गरिएको यादवले जानकारी गराए।
यादवका अनुसार, आन्तरिक राजश्व कनर्यालय वीरगन्जले १० हजार,नारायणी अस्पतालका निमित्त मेसु डा. चित्तरन्जन साहले १० हजार,क्वेष्ट फर्मास्युटिकल्सले ७ हजार ५ सय,वीरगन्ज १ का वडाध्यक्ष मनाेज राउत कुर्मीले ५ हजार १ सय, नारायणी अस्पतालका डाक्टर नीरज सिंहले ५ हजार, कांग्रेसका युवा नेता राकेश यादवले २ हजार ५ सय र सराेज चाैरसियाले १ हजार ५ सय गरि १८ जनाबाट कुल ५२ हजार ७ सय रुपैयाँ संकलन गरि शुक्रबार काेषकाे खातामा जम्मा गरिएको यादवले जानकारी दिए।


