वीरगन्ज,२३कार्तिक :वीरगन्जमा जारी प्रथम वीरगन्ज गाेल्डकप फुटबलमा आज बिहीबार दाेस्राे तथा अन्तिम सेमिफाइनल खेल हुदैछ ।दाेस्राे तथा अन्तिम सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र संकटा फुटबल क्लब काठमाडौं भिड्दैछन्।
आदर्शनगर रंगशालामा यी दुई बिचकाे खेल दिउँसो २.३० बजेदेखि सुरु हुने आयाेजक भेट्रान सिटी क्लब वीरगन्जका उपाध्यक्ष सागर राणाले जानकारी दिए।
आजकाे खेलकाे विजेता टिमले शनिबार हुने फाइनलमा उपाधिका लागि नेपाल पुलिस क्लबकाे सामना गर्नेछ ।
यसअघि बुधबार भएकाे पहिलाे सेमिफाइनलमा आयाेजक भेट्रान सिटी क्लब वीरगन्जलाई सडन डेथमा हराँउदै पुलिस क्लब फाइनलमा प्रवेश गरिसकेको छ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।
वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

