वीरगन्ज,१९कार्तिकः आन्तरिक पर्यटन प्रबर्धन गर्ने उदेश्यमा लागेका चितवनको भरतपुरका ‘बुलेट राइडर’हरुले दोश्रो पटक पर्साको मुख्य पर्यटकीय स्थल ठोरीको भ्रमण गरेका छन् ।“राईड वीथ मेरो बाईक“ को आयोजना तथा रोयल राईनो राईडर्स चितवनको सहयोगमा दर्जन भन्दा बढी बुलेट राईडरहरुले दोस्रो पटक ठोरीको भ्रमण गरेका हुन् ।
१७ वटा बुलेट मोटरसाइकलमा एकसाथ शनिबार बेलुकी ठोरी आइपुगेका बुलेट राइडरहरुले ठोरी जंगल रिसोर्टमा राति बास बसेर आइतबार ठोरीका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गरेको ठोरी जंगल रिसोर्टका सञ्चालक सुदीप थापाले जानकारी दिए ।
“घुम्दिम ठोरी “ नारा सहित शनिबार बेलुकी ठोरी आइपुगेका उनिहरु आइतबार ठोरी घुमेर चितवन फर्किएको थापाले बताए ।यसअघि गत वर्षपनि उनिहरु ठोरी आएर पर्यटकीय स्थलहरुको भ्रमण गरेको थापाले बताए ।
आफुहरु दोस्रो पटक ठोरी आएको भन्दै अभियानका संयोजक मान्दिप मान श्रेष्ठले भने,‘ हामी करीब ३८ किलोमीटर लामो राष्ट्रिय निकुञ्ज र माडी क्षेत्रको यात्रासंगै ठोरीको प्राकृतीक मनोरमसंग स्पर्ष गर्न पाउदा धैरै खुशी भएका छौं । उनले नेपालको सबैजसो पर्यटकिय गन्तब्यमा पुग्ने सोच बनाएकोपनि उनले बताए । आन्तरीक पर्यटन प्रबर्धन गर्ने आँफुहरुको मुख्य उदेश्य रहेको उनले बताए।

