Madhes Khabar
अर्थतन्‍त्र

भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने

काठमाडौं,१७कार्तिकः भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । नेपाली बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो ।

भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताए ।उनका अनुसार भारतबाट जीटूजी (सरकार सरकार) मार्फत चिनी आउन लागेको हो ।

जीटूजीमार्फत आउन लागेकाले नेपालले चाहेको समयमा यो परिमाणको चिनी खरिद गरेर ल्याउन सक्नेछ । शनिबार र आइतवार भारतमा सरकारी बिदा हुने भएकाले त्यसपछि मात्र चिनी आयात हुने सम्भावना छ । भारतबाट चिनी आएपछि अहिलेको भन्दा भाउ केही सस्तो हुनेछ । अहिले बजारमा कालोबजारीसँगै चिनीको कृत्रिम अभाव भइरहेको छ ।

चाडपर्वको मौका छोपेर केही व्यापारीले चिनी लुकाएको आशङ्का गरिएको छ । सरकारले चिनीका गोदामहरुमा छापा मार्न प्रहरीलाई निर्देशन दिइसकेको छ । यस्तै, चिनीको अभाव हटाउन उद्योगीहरुसँग मौज्दातमा रहेको चिनी पनि बजार पठाउन थालिएको छ ।

 

 

Related posts

फेरि बढ्यो अण्डाको मूल्य

MadhesKhabar

वीरगन्जको ड्राइपोर्टमा कुहिएका दाल लगायतका सामान व्यवस्थापनमै ५५ लाख खर्च लाग्ने अनुमान

MadhesKhabar

अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री रमेश रिजाल

MadhesKhabar

Leave a Comment