Madhes Khabar
खेलकुद

मलेसियालाई हराँउदै नेपाल सेमिफाइनलमा

काठमाडौं ,१४कार्तिक: मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ ।

मंगलबार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएकाे हाे ।

मलेसियाले दिएकाे १ सय ६६ रनकाे लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायाे । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चाैका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३२ रन बनाए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएकाे थियाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।

समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।

पहिलो खेलमा नेपालले साेमबार सिङ्गापुरलाई ८ विकेटले हराएकाे थियो । अब नेपालले बिहीबार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।

Related posts

एनपीएलमा पहिलो शतक आन्द्रेसको नाममा,पोखरासंग लुम्बिनी १० विकेटले पराजित

MadhesKhabar

बेंग्लाेरमाथि काेलकाताकाे राेमाञ्चक जित

MadhesKhabar

बाराकाे बेलहियामा टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

MadhesKhabar

Leave a Comment