Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेट : लगातार चाैंथाे जीत हात पार्दै न्युजिल्यान्ड अंक तालिकाकाे शीर्ष स्थानमा

वीरगन्ज,१कार्तिक: न्युजिल्यान्डले जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि १ सय ४९ रनको सानदार जित हात पारेको छ ।

बुधबार भएकाे खेलमा लगातार चौथो जितका साथ न्युजिल्यान्ड ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्डले सेमिफाइनल प्रवेशकाे सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १ सय ३९ रनमा अल आउट भयो । अफगानिस्तानका रहमात शाहले ६२ बलमा १ चौकासहित सर्वाधिक ३६ रन बनाए । आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।

न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनारले ७.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर लोकी फर्गुसनले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ७ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । म्याट हेनरीले १ विकेट लिए ।

त्यसअघि भारतकाे चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कार्यवाहक कप्तान तथा विकेटकिपर टम लाथमले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रनको कप्तानी इनिङ खेलेका थिए।

अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । नविन उल हकले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । राशिद खानले १० ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए ।

यसअघि न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेट, नेदरल्यान्ड्सलाई ९९ र बंगलादेशलाई ८ विकेटले हराएको थियो । न्युजिल्यान्डे अब आइतबार भारतसँग खेल्नेछ । अफगानिस्तानले यसअघिको खेलमा इंग्ल्यान्डलाई ६९ रनले हराएको थियो । बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले हारेको थियो । अफगानिस्तानले सोमबार पाकिस्तानसँग खेल्नेछ ।

न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । भारत ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटको कारण चौथो स्थानमा छ ।

Related posts

आईपीएलकाे पहिलो क्वालिफायर खेलमा आज काेलकाता र हैदराबाद भिड्दै

MadhesKhabar

टी-२० विश्वकपकाे पहिलाे खेलमै नेपाल नेदरल्यान्डससंग हार्याे

MadhesKhabar

नेपालले टस जितेर ब्याटिङ रोज्यो

MadhesKhabar

Leave a Comment