Madhes Khabar
अर्थतन्‍त्र

कालाे बजारी र उपभोक्ता ठग्नेहरुलाई कारबाही गर्न कानुनी जटिलता छ: मन्त्री रिजाल

फाइल फाेटाे

काठमाडौं,२२असाेज: संघीय सरकारकन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्नेलाई कारबाही गर्न कानुनी जटिलता भएको बताएका छन् ।

सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री रिजालले कालो बजारी गर्नेहरुलाई त्यही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानुनकै अभाव रहेको गुनासो गरेका हुन् । मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै संयन्त्र नै नभएको पनि बताए ।

उनले भने,`कालोबजारी नियन्त्रण गर्न कानुनी सजाय दिने अधिकार हामीसँग धेरै छैन् । कानुनहरुमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौं । अब त्यो विस्तारै हुँदै जाला,’ ।

मन्त्री रिजालले थपे, ‘ ठूलठूला बदमासहरुले ठूलाठूला अपराधहरु गरिरहेका हुन्छन् । तर ३ लाख भन्दा बढी सजाय गर्न सकिँदैन । सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानुनको अभाव छ ।’

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए ।

Related posts

वीरगन्जमा मधेस प्रदेशस्तरीय ’स्टार्टअप तथा आन्टरपेनर्स सम्मेलन’ आयोजना हुदैं

MadhesKhabar

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

MadhesKhabar

श्रोत नखुलेको साढे २२ लाख रुपैया सहित दुइ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment