Madhes Khabar
अर्थतन्‍त्र

कालाे बजारी र उपभोक्ता ठग्नेहरुलाई कारबाही गर्न कानुनी जटिलता छ: मन्त्री रिजाल

फाइल फाेटाे

काठमाडौं,२२असाेज: संघीय सरकारकन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्नेलाई कारबाही गर्न कानुनी जटिलता भएको बताएका छन् ।

सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै मन्त्री रिजालले कालो बजारी गर्नेहरुलाई त्यही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानुनकै अभाव रहेको गुनासो गरेका हुन् । मन्त्री रिजालले उपभोक्ताहरुमाथि ठगी गर्नेहरुलाई गरिएको दण्डसजाय असुली गर्न सरकारसँग कुनै संयन्त्र नै नभएको पनि बताए ।

उनले भने,`कालोबजारी नियन्त्रण गर्न कानुनी सजाय दिने अधिकार हामीसँग धेरै छैन् । कानुनहरुमा पनि परिमार्जन गर्नुपर्ने जरुरत हामीले देखेका छौं । अब त्यो विस्तारै हुँदै जाला,’ ।

मन्त्री रिजालले थपे, ‘ ठूलठूला बदमासहरुले ठूलाठूला अपराधहरु गरिरहेका हुन्छन् । तर ३ लाख भन्दा बढी सजाय गर्न सकिँदैन । सजाय गरिएको पैसा असुली गर्न पनि हामीलाई कानुनको अभाव छ ।’

बैठकमा बोल्दै सत्तारुढ दलका सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए ।

Related posts

सीमावर्ती बजार रक्साैलमा भारु भन्दा नेरु बलियाे

MadhesKhabar

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो

MadhesKhabar

माग र बजार नभएपछि वीरगन्जको शालिमार सहित आधा दर्जन स्टिल उद्योग बन्द

MadhesKhabar

Leave a Comment