Madhes Khabar
समाज

वडाअध्यक्ष चतुर्वेदीकाे अग्रसरतामा महिलाहरुका लागि सीपमुलक तालिम सञ्चालन

वीरगन्ज,१४असाेज: महिलाहरुलाई सीप सिकाएर आत्मिनर्भर बनाउने उदेश्यले वीरगन्ज महानगरपालिका वडा नम्बर २५ मा सिलाई कटाई सम्बन्धि ४५ दिने तालिम सञ्चालन गरिएकाे छ ।

वडा कार्यालयकाे आर्थिक सहयाेगमा सरिता सीप कला केन्द्रले आइतबारदेखि सञ्चालन गरेकाे उक्त तालिममा वडा नम्बर २५ का ३० जना महिला सहभागी भएका छन् ।

सीप सिकौँ, रोजगार गरौँ भन्ने मूल नाराका साथ आयाेजित ९० घन्टे तालिमकाे आइतबार वडाअध्यक्ष आशुताेष चतुर्वेदीले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष चतुर्वेदीले आफ्नो वडाका महिलाहरूको क्षमता विकाससँगै उनिहरुमाे आर्यआर्जनमा समेत टेवा पुग्ने उद्देश्यले तालिमकाे आयोजना गरेको बताए ।

उनले भने,` यसैपनि घरमा महिलाहरू घरधन्दाकाे काम सकाएर खाली बस्छन् । त्याे खाली समयकाे सदुपयाेगपनि हाेस् र केहि आम्दानी पनि हुन सकाेस् भनेर याे तालिम आयाेजना गरिएको हाे ।उनले तालिमबाट सिकेका सिपलाई व्यवहारमा ल्याउन महिलाहरुलाई आग्रह गरे ।

तालिममा सहभागी महिलाहरुलाई प्रशिक्षक राधा चाैधरी ,सहायक प्रशिक्षक लक्ष्मी शर्मा र रञ्जना देवीले प्रशिक्षण दिने वडा कार्यालयका सचिव हरेराम चाैधरीले जानकारी दिए।

सरिता सीप कला केन्द्रकी अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा आयाेजित तालिमको उद्घाटन समारोहमा महिला वडा सदस्य फुलेनिया देवी, तेतरी देवी, जगदीश साह तुरहा, बन्का पटेल लगायतकाेपनि सहभागीता थियाे ।

Related posts

वीरगन्ज बालसुधार गृहका कैदीबन्दीलाई आत्मनिर्भर बनाउन मैनबत्ती बनाउने तालिम सञ्चालन

MadhesKhabar

बुद्ध जयन्तिको अवसरमा वीरगन्जमा डा. गोइतसहित पाँच जना सम्मानित

MadhesKhabar

दाइजोको निहुँमा विहे भाँडेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँचै जना धरौटीमा रिहा

MadhesKhabar

Leave a Comment