वीरगन्ज,२१साउन:वीरगन्ज बालसुधार गृहमा रहेका बाल कैदीबन्दीहरुका लागि मैनबत्ती बनाउने तालिम सञ्चालन गरिएको छ।
बाल कैदीबन्दीहरुलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्यले क्वेष्ट फर्माकाे आर्थिक सहयाेगमा गैरसरकारी संस्था सानोपाइला संस्थाले मैनबत्ती बनाउने सम्बन्धि ७ दिने तालिम सञ्चालन गरेकाे हाे।
तालिममा बाल सुधार गृहका १५ जना बाल कैदीबन्दी सहभागी छन्।उनिहरूलाई विभिन्न किसिमका आकर्षक डिजाइनका मैनबत्तिहरू बनाउने प्रशिक्षक विपिन उपाध्यायले प्रशिक्षण दिइरहेका छन्।
तालिमको उद्घाटन कार्यक्रममा प्रकाश प्रोजेक्टकी अध्यक्ष सुष्मा गौतम, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, सानोपाइलाका कार्यक्रम संयोजक राजकुमार तामाङ, प्रशिक्षक बिपिन उपाध्याय लगायतकाको उपस्थिति रहेको थियो।

