वीरगन्ज,३१बैशाखःपर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकाार सेवा नेपालले खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ ।अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी २२ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार नेपाललले हरेक महिना झै बैशाख महिनामा पनि सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष विद्या सरावगीले बुधबार चामल ६० केजी, दाल केजी, पिठो २० केजी,चिनी १० केजी, स्वाबिन १० केजी ,खानेतेल ५लिटरका साथै नून, सर्फ,साबुन ,फिनाईल ५लिटर आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

