Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बाल सुधार गृहबाट दुई कैदी फरार

फाइल फाेटाे

वीरगन्ज,१२असाेज: वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार बिहान दुई जना फरार रहेकाे काफ्लेले बताए ।

प्रहरीका अनुसार सुधार गृहकाे छतमा लगाइएको काँडेतार काटेर उनीहरु गृहसंगै टाँसिएर रहेकाे मेडिकल क्लिनिकाे छतमा गई त्यहाँबाट हाम फालेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बाल सुधार गृहबाट फरार भएका दुवै जनाकाे खाेजी भइरहेको बताए ।

उक्त बाल सुधार गृहमै गत भदाैं २६ गते गृहमा रहेका बालकहरुबिच विवाद भई झडप हुदाँ ३ प्रहरी र ११ जना बालकहरु घाइते भएका थिए।

 

Related posts

वीरगन्जका ३ वटा वडामा वर्षौँदेखिको डुबान समस्या समाधान हुदाँ स्थानीबासी खुशी

MadhesKhabar

जगरनाथपुरमा अतिक्रमण गरिएको १५ बिघा सार्वजनिक जग्गा खाली गराएर वृक्षाराेपण गर्ने तयारी

MadhesKhabar

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment