Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको बाल सुधार गृहबाट दुई कैदी फरार

फाइल फाेटाे

वीरगन्ज,१२असाेज: वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार बिहान दुई जना फरार रहेकाे काफ्लेले बताए ।

प्रहरीका अनुसार सुधार गृहकाे छतमा लगाइएको काँडेतार काटेर उनीहरु गृहसंगै टाँसिएर रहेकाे मेडिकल क्लिनिकाे छतमा गई त्यहाँबाट हाम फालेर भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बाल सुधार गृहबाट फरार भएका दुवै जनाकाे खाेजी भइरहेको बताए ।

उक्त बाल सुधार गृहमै गत भदाैं २६ गते गृहमा रहेका बालकहरुबिच विवाद भई झडप हुदाँ ३ प्रहरी र ११ जना बालकहरु घाइते भएका थिए।

 

Related posts

टिकटकमा भएको चिनजानले वीरगन्जकी सुमनालाई बनायो ‘घर न घाटको’

MadhesKhabar

वीरगन्ज महानगरको ल्याबमा गरिएको पानी परीक्षणमा हैजा फैलाउने जीवाणु फेला परेन

MadhesKhabar

वीरगन्जबाट मूर्ती सेलाउन गएको जिप दुर्घटना : १ को मृत्यु , ६ घाइते

MadhesKhabar

Leave a Comment