Madhes Khabar
स्थानिय

पर्साका ११ पालिकामा भूमिहीन र सुकुम्बासीको लगत संकलनका लागि निवेदन आह्वान

वीरगन्ज,२९ भदौं : राष्ट्रिय भूमि आयोगले पर्साका जिल्लाका ११ वटा पालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत संकलन थालेको छ ।

आयोगले शुक्रबार सूचना निकालेर सम्बन्धित पालिकाका वडाका तोकिएका ठाउँमा खटिएका लगत संकलकमार्फत् निवेदन आह्वान गरेको हो । शुक्रबारदेखि ३५ दिनभित्र निवेदन दिइसक्नु पर्ने सूचनामा भनिएको छ ।

पर्सा जिल्लको पोखरिया र बहुदरमाई नगरपालिका ,सखुवाप्रसौनी,बिन्दवासिनी ,कालिकामाई ,जगरनाथपुर, छिपहरमाई, धोबिनी ,पटेर्वा सुगौली , जिराभवानी र पकाहामैनपूर गाउँपालिकामा निवेदन दिन आयोगको आग्रह छ ।

यस्तै बारामा आदर्श कोतवाल गाउँपालिका, प्रसौनी गाउँपालिका, रौतहटमा पहोरा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका, इशानाथ नगरपालिका, बौधीमाई नगरपालिका र राजपुर नगरपालिकामा निवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगका अनुसार यसअघि लगत संकलन थालिएका पालिकाहरुमा छुटेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले पनि ३५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

Related posts

मिटरब्याजीलाई कारबाहीको निहुँमा पर्साको प्रहरी प्रशासनले ज्यादती गरेको आरोप

MadhesKhabar

वीरगन्जमा पत्रकारहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंग पत्रकार महासंघको माग

MadhesKhabar

वीरगन्जमा मिटरब्याज पीडितहरुको प्रदर्शन

MadhesKhabar

Leave a Comment