Madhes Khabar
शिक्षा

पोखरियामा पनि शिक्षकहरुले जलाए शिक्षा विधेयक

वीरगन्ज,२९ भदौं : पर्साको पोखरियामापनि शुक्रबार शिक्षक शिक्षिकाहरुले शिक्षा विधेयक २०८० को प्रतिलिपी जलाएका छनन् ।
पोखरिया नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुले शुक्रबार पोखरियामा विरोध जुलुश निकालेर प्रदर्शन गर्दै विद्येयक जलाएका हुन् ।

पोखरिया नगरपालिका वडा नम्बर ४ पोखरिया बजारस्थित जिल्ला उच्चांगल रामदेव कलवार प्राविधिक नमूना विद्यालय परिसरमा भेला भइ त्यहाँ विरोध जलुश निकाल्दै शिक्षक शिक्षिकाहरुले बजार परिक्रममा गरेका थिए । विरोध जुलुशमा सहभागी शिक्षकहरुले शिक्षा विद्येयक खारेज गरे , प्रचण्ड सरकार मुर्दावाद , शिक्षामन्त्री मुर्दावाद लगायतका नारापनि लगाएका थिए ।

बजार परिक्रमापछि पोखरिया नगरपालिका कार्यालय अगाडि पुगेर उनिहरुले शिक्षा विद्ययेक २८० को प्रतिलिपी जलाएको शिक्षक पारस ठाकुरले बताए ।

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

शुल्क नतिरेका विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगर्न निजी विद्यालयलाई वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment