Madhes Khabar
स्थानिय

पटेर्वा सुगौली गाँउपालिकाको भवन निर्माण कार्य सुरु,मन्त्री साउदले गरे शिलान्यास

वीरगन्ज,०४ भदौं :पर्साको पटेर्वासुगौली गाँउपालिकाको “प्रशासकिय भवन“को शिलान्यास गरिएको छ ।सोमबार संघीय सरकारका परराष्ट्रमन्त्री एंव नेपाली कांग्रेसका नेता एनपी साउदले पटेर्वासुगौली गाँउपालिकाको “प्रशासकीय भवन“को शिलान्यास गरेका हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचन भएयता सामुदायिक भवनमा कार्यालय सञ्चालन हुदै आएको पटेर्वा सुगौली गाँउपालिकाले अब आफनै कार्यालय भवन निर्माण गर्न थालेको हो । गाँउपालिकाको आफनै ६ करोड रुपैयाको बजेटमा वडा नम्बर ४ सुगौलीमा अढाई तल्ले “प्रशासकीय भवन“को निर्माण थालिएको गाँउपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीले बताए । निर्माण कार्य सुरु भएको दुई वर्ष भित्रमा भवन निर्माण कार्य सम्पन्न गरिसक्ने सम्झौता ठेकेदार कम्पनिसंग गरिएको जानकारीपनि उनले गराए ।

गाँउपालिका अध्यक्ष चौधरी र मन्त्री साउदको प्रमुख आतिथ्यतामा भएको शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य एंव कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, कांग्रेसका जिल्ला उप–सभापति श्री रामनारायण कुर्मी , गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारु , ,प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु, गाँउपालिकाका कर्मचारी , कांग्रेसका नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको वडा नम्बर २ का वडाध्यक्ष विजय गैरेले जानकारी दिए ।

Related posts

वीरगन्जमा दशैंका बेला कोठा फोडेर १० लाखको गरगहना चोरी गर्ने दुई चोर पक्राउ

MadhesKhabar

स्कार्पियोमा गाँजा तस्करी गर्ने नेपाल र भारतको गिरोह बाराबाट पक्राउ

MadhesKhabar

हुण्डी कारोबार गर्ने अभियोगमा २० लाख नगद सहित दुई भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment