Madhes Khabar
राजनीति

कांग्रेसको संस्थापनइतरमा एकताको सन्देश दिन शेखर र गगन बिच भेटवार्ता

काठमाडौं, २५ साउन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ ।बिहीबार दुई नेताबीच करिब तीन घण्टा ‘वान अन वान’ वार्ता भएको संस्थापनइतरका एक नेताले जानकारी दिए । दुई नेताहरुबीच आफ्नो समूह एकतावद्ध भएको र रहिरहने विषयमा छलफल भएको बताइएको छ ।

दुई नेताको भेटपछि संस्थापनइतरका नेता गुरुराज घिमिरेले दुई नेताको छलफलबाट खुसी व्यक्त गर्दै ट्वीट गरेका छन् । ‘१५ औं महाधिवेशनको उज्यालो क्षितिज । हामी साथमा छौं र निकै उत्साहित पनि,’ घिमिरेले ट्वीट गरेका छन् ।

दुई नेताबीचको सम्बन्धमा दूरी बढेको भन्दै केही समयदेखि आशंका व्यक्त हुुँदै आएको थियो ।साभार : अनलाइनखबर

 

Related posts

संविधान दिवसमा जसपा माैन : न विराेध न समर्थन ,सहिदकाे शालिकमा माल्यार्पण

MadhesKhabar

आन्दोलनमा दमन गर्ने प्रहरीलाई कारबाही गर्न सरकारसंग लोसपा अध्यक्ष ठाकुरको माग

MadhesKhabar

अफताब आलमलाई सफाई दिने न्यायधिशलाई कालो मोसो दल्ने बहुमतका नेताहरुलाई अभिनन्दन

MadhesKhabar

Leave a Comment