Madhes Khabar
शिक्षा

इनर्वामा रहेको विद्यालयमा १७५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण

वीरगन्ज ,७साउनः वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

आइतबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा विद्यालयको कक्षा १ देखि ८ सम्ममा अध्ययनरत छात्रा , दलित एंव विपन्न समुदायका गरि १७५ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले छात्रवृति बापत विद्यार्थीहरुलाई नगद चार सय रुपैयाँ दरले रकम वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै उपमेयर आलमले विद्यालयले छात्रवृत्ति पारदर्शी रुपमा बाँडेकोमा प्रशंंसा गरे । उनले विद्यालयको भौतिक एंव शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाको तर्फबाट लयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतापनि जनाए ।

त्यसअघि उमपेयर आलमले विद्यालयका कक्षाकोठा लगायतका भौतिक संरचनाहरुको स्थलगत निरिक्षण पनि गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक चन्देश कुमार चौहानको अध्यक्षतामा भएको छात्रवृति वितरण कार्यक्रममा वडा सदस्य तथा विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रमोद कुमार यादव, विद्यालयका शिक्षक शिक्षिका , कर्मचारी , अभिभावक लगायतकोपनि उपस्थिती रहेको थियो ।

Related posts

मधेशमा छोरीलाई प्राविधीक शिक्षा जरुरी रहेकोमा सरोकारवालाको जोड

MadhesKhabar

नेपाल कमर्स एशोसिएसनकाे अध्यक्षमा वीरगन्जका डा. दिपेन्द्र चाैधरी

MadhesKhabar

वीरगन्जका निजी विद्यालयका लागि १० बुँदे निर्देशन जारी,पालना नगरे महानगरले लाइसेन्स नै रद्ध गर्ने

MadhesKhabar

Leave a Comment