Madhes Khabar
स्वास्थ्य

स्वतन्त्र मानव अधिकार समाजको निःशुल्क शिविरमा १४७ जनाले लिए लाभ

वीरगन्ज, ६ साउन : वीरगन्ज महाननगरपालिका वडा नम्बर ४ मा शनिबार स्वतन्त्र मानव अधिकार समाजको आयोजनामा मधुमेह (सुगर) रोगको निःशुल्क परिक्षण शिविर सम्पन्न भएको छ ।

वडा नम्बर ४ स्थित अमर चोकमा आयोजित उक्त शिविरमा ५३ महिला र ९४ पुरुष गरि १ सय ४७ जनाको परिक्षण गरिएको छ । वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु आफैंले मधुमेहको परिक्षण गराएर उद्घाटन गरेको शिविरिमा वरिष्ठ चिकित्सक डाक्टर नीरज सिंह नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविरमा आएकाहरुको परिक्षण गरेका थिए ।

स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्ण कुमार खनालको अध्यक्षतामा भएको शिविरमा समाजका उपाध्यक्ष नन्दकिशोर यादव , महासचिव दिपक साह कानु , कोषाध्यक्ष उर्मिला कुशवाहा , सचिव आशीष कुमार लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

प्रहरीले कुटेर आँखा फुटाइदियाे : वडाध्यक्ष महर्जन

MadhesKhabar

नारायणी अस्पतालमा बढे सर्पदंशका बिरामी

MadhesKhabar

नारायणी अस्पतालमा ३० करोडको एमआरआई मेसिन ४ महिनादेखि अलपत्र

MadhesKhabar

Leave a Comment