Madhes Khabar
राजनीति

जसपा पर्साका नवनियुक्त पदाधिकारी र सदस्यले लिए शपथ

वीरगन्ज ,२५असार: जनता समाजवादी पार्टी नेपाल पर्साकाे जिल्ला समन्वय समितिमा पदपूर्ति गरिएका पदाधिकारी र सदस्यहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन् ।

वीरगन्जमा साेमबार जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा आयाेजित कार्यक्रममा जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मिले जेष्ठ १५ गते मनोनयन गरिएका उपाध्यक्षत्रय अजय प्रसाद चौरसीया नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह , उपसचिवद्वय नुर आलम अन्सारी र सुनिल कुशवाहासहितका पदाधिकारी एवं सदस्यहरुलाइ पद तथा गोपनियता शपथ ग्रहण गराएका हुन् ।

मनोनीत गरिएका पदाधिकारी एवं सदस्यहरुलाइ कार्यक्रममा गमछा र टीका लगाइ सम्मान पनि गरिएको जसपाका जिल्ला सचीव अहमदले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कुर्मीले आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गरे ।अब जसपाकाे संगठन हरेक गाउँ र टोलमा अझ सशक्त बनाउन उनले निर्देशन पनि दिए।

कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरासीया, शेख खुर्सेद , जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य जसपा जिल्ला कोषाध्यक्ष एवं सखुवाप्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शार्मिला महतो बिष्टले व्यक्त गरेकी थिइन् ।

Related posts

राजस्व अनुसन्धान विभागले बार्गेनिङ गरेर उद्योगी व्यापारीलाई दु:ख दियो: सांसद प्रदीप यादव

MadhesKhabar

कलैयालाई शिक्षा, स्वास्थ्य र आइटीको हब बनाउने बारा–३ का रास्वपा उम्मेदवार साहको वाचा

MadhesKhabar

मधेस सरकारले पहिलो पटक मनायो संविधान दिवस

MadhesKhabar

Leave a Comment