Madhes Khabar
स्थानिय

पर्साकाे रंगपुरटाँडीबाट सालकाे गाेलिया काठ र साइकल बरामद

फाइल फोटो

वीरगन्ज ,१४असार : पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ रंगपुरटाँडीबाट वनगस्ती टाेलीले ३ थान सालकाे गाेलिया काठ र ३ वटा साइकल बरामद गरेकाे छ ।

सब डिभिजन वन कार्यालय रंगपुरटाँडीबाट जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले बिहीबार बिहान आज विहान ५ बजेतिर ३ थान सालको कांचो गोलिया कमठ र ३ थान साईकल बरामद गरेको हाे ।

राष्ट्रिय वनबाट तस्करहरुले अवैधरूपमा सालको रुख कटान गरि गोलिया बनाएर साइकलमा लाेड गरी सखुवा प्रसौनी गाउँ पालिका वडा नंवर ३ कौवाबन टाेलमा रहेकाे चिरान मिल र फर्निचर उद्योगमा लैजाने क्रममा रंगपुरटाडीबाट वनगस्ती टाेलीले करिब १५ क्युफिट काठ र साईकल बरामद गरेको रेन्जर कपिलदेव यादवले बताए । तस्करहरु भने काठसहितकाे साइकल छाडेर फरार भएकोले उनिहरुलाई पक्राउ गर्न नसकिएको उनले कर्मचारीले बताए ।

Related posts

साँढेको आक्रमणबाट घाइते रामको उपचार खर्च महानगरले व्यवहोर्छ – मेयर सिंह

MadhesKhabar

भारतको चुनावका लागि बाराका सीमा नाकापनि तीन दिनका लागि बन्द हुने

MadhesKhabar

वीरगन्ज महानगरको फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन  ४ करोडको प्लान्ट निर्माण हुँदै

MadhesKhabar

Leave a Comment