
बारा,७जेष्ठःभारतको बिहारसंग सिमा जोडिएको बाराका सीमा नाकाहरुपनि तीन दिनका लागि बन्द हुने भएका छन् ।भारतमा भइरहेको लोकसभा निर्वाचनका लागि बाराका नाकाहरुपनि तीन दिनका लागि बन्द हुने भएका हुन् ।
भारतमा अहिले भइरहेको लोकसभा निर्वाचनका लागि बाराको मटिअर्वा,कबहीगोठ, मुसहर्वा लगायत जिल्लाका सबै नाकाहरु जेष्ठ १० देखि जेष्ठ १२ गतेसम्म तीन दिनका लागि बन्द रहने जिल्ला प्रशासन काार्यालय बाराले जनाएको छ ।
बारा र पर्सासंग खुल्ला सीमा जोडिएको बिहारको पश्चिमी चम्पारण जिल्लामा मे २५ तारिख अर्थात जेष्ठ १२ गते लोकसभाको निर्वाचन हुदैंछ।
पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार, मतदान हुनु ४८ घण्टा अगाडिदेखि भारतसंगको सीमा जोडिएका नेपालका नाकाहरु बन्द गर्ने सहमति भएको थियो ।
त्यहि सहमति अनुसार, भारतीय पक्षबाट गरिएको आग्रह अनुसार, बिहारको पश्चिम चम्पारण जिल्लासंग सीमा जोडिएको बारा जिल्लाका सबै नाकाहरु जेष्ठ १० देखि जेष्ठ १२ गते बेलुकी ६ बजेसम्म बन्द गरिने बाराका प्रमुख जिल्ला अधिकारी शशीघर घिमिरेले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।


