Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा श्रोत नखुलेको २० लाख नगद र काजु सहित एक जना पक्राउ

मधेसखबर
वीरगन्ज ,२९ चैत : पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद २० लाख रुपैया र दुई क्वीन्टल काजु सहित एक जनालाई पक्राउ गरेको छ ।

पर्साको पोखरीरया नगरपालिका वडा नम्बर ३ बसतपुरमा बुधबार दिउँसो सशस्त्र प्रहरीले सीमावर्ती भिस्वाबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टर रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ट्याक्टरको टेलरमा लुकाएर राखिएको २० लाख रुपैया नगद र राजश्व छलेर भित्रयाइएको २ क्वीन्टल काजु बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले जानकारी दिए ।

श्रोत नखुलेको रकम र राजश्व छलेर भित्रयाइएको काजु सहित ट्याक्टरका चालक पर्साकै धोबिनी गाँउपालिका वडा नम्बर ५ घर भएका अलिम मियाँ अन्सारीलाइ पनि नियन्त्रणमा लिइएको थपलियाले बताए । बरामद काजुको बजार मुल्य करिब २ लाख रुपैया रहेको पनि उनले बताए ।

नगद रकम , काजु र ट्याक्टर सहित नियन्त्रणमा लिइएका चालक अन्सारीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुधबार नै साँझ बुझाइएको जानकारी थपलियाले दिए ।

 

Related posts

एमाले नेताकाे खल्तीबाट राष्ट्रपति बनाइयाे भने संविधान र लाेकतन्त्र दुर्घटनामा पर्छ: गगन थापा

MadhesKhabar

तामाङ समुदायकाे आग्रहमा साेनाम ल्हाेछारमा ठाेरीमा ३ दिन विदा

MadhesKhabar

महिला सेवाग्राहीको बढी चाप हुने वीरगन्जका दुई सरकारी कार्यालयमा स्तनपान कक्ष सञ्चालन

MadhesKhabar

Leave a Comment