Madhes Khabar
स्थानिय हेडलाइन

पर्सामा श्रोत नखुलेको २० लाख नगद र काजु सहित एक जना पक्राउ

मधेसखबर
वीरगन्ज ,२९ चैत : पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद २० लाख रुपैया र दुई क्वीन्टल काजु सहित एक जनालाई पक्राउ गरेको छ ।

पर्साको पोखरीरया नगरपालिका वडा नम्बर ३ बसतपुरमा बुधबार दिउँसो सशस्त्र प्रहरीले सीमावर्ती भिस्वाबाट वीरगन्ज आउँदै गरेको नम्बर प्लेट नभएको ट्याक्टर रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा ट्याक्टरको टेलरमा लुकाएर राखिएको २० लाख रुपैया नगद र राजश्व छलेर भित्रयाइएको २ क्वीन्टल काजु बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले जानकारी दिए ।

श्रोत नखुलेको रकम र राजश्व छलेर भित्रयाइएको काजु सहित ट्याक्टरका चालक पर्साकै धोबिनी गाँउपालिका वडा नम्बर ५ घर भएका अलिम मियाँ अन्सारीलाइ पनि नियन्त्रणमा लिइएको थपलियाले बताए । बरामद काजुको बजार मुल्य करिब २ लाख रुपैया रहेको पनि उनले बताए ।

नगद रकम , काजु र ट्याक्टर सहित नियन्त्रणमा लिइएका चालक अन्सारीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुधबार नै साँझ बुझाइएको जानकारी थपलियाले दिए ।

 

Related posts

फुटबलप्रेमीलाई खुशीको खबर : मधेसकै सबैभन्दा बढी राशीको अन्तर्राष्ट्रिय फुटबल वीरगन्जमा हुदैं

MadhesKhabar

पर्सा १ मा प्रदीप यादव अगाडि , द्धिवेदी ५३२ मतले पछाडि

MadhesKhabar

कालिकामाईको मुडली र बिरन्चीबार्वामा कांग्रेस उम्मेदवार रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

Leave a Comment