Madhes Khabar
समाज

वीरगन्जको सबैठवामा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ४७ जनाले गरे रगत दान

वीरगन्ज, ९ असार : वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा शनिबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ज्योति युवा क्लबले सबैठवास्थित मठिया प्रांगणमा आयोजना गरेकोे रक्तदान कार्यक्रममा १२ जना महिलासहित ४७ जनाले रगतदान गरेका छन् ।

सबैठवा युवा समिति र भोलेन्टियर समुह वीरगन्जको सहयोगमा ज्योति युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा रगदान गर्नेहरुलाई भित्ते घडी र प्रशंसापत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा रक्तसन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे नेतृत्वको् टोलीले प्राविधीक सहयोग गरेको थियो ।

रमानन्द कुशवाहाको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा वडाअध्यक्ष अवधकिशोर कुशवाहा, समाजसेवी ध्रुब कुशवाहा, भोलेन्टियर समुह वीरगन्जका अध्यक्ष राजन श्रीवास्तव, रातोपाना अनलाइनलका अध्यक्ष श्याम सर्राफ, युवा वचनका अध्यक्ष किशु सर्राफ, हण्ड्रेड ग्रुप अफ पर्साका अध्यक्ष विक्की सर्रााफ, मानव सेवा आश्रमका देवेश गुप्ता , पत्रकार राजेन्द्र सिंह , लालबाबु सिंह , राम मण्डल , सामाजिक अभियन्ता प्रकाश थारु लगायतको सहभागीता रहेको स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले जानकारी दिए ।

Related posts

बहुदरमाई युवा समाजले आयोजना गरेको कार्यक्रममा ५१ जनाले गरे रगतदान

MadhesKhabar

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहलाई एयरकुलर, ल्यापटप र कम्पयुटर प्रदान

MadhesKhabar

Leave a Comment