Madhes Khabar
स्थानिय

सिमरामा स्काेरपियाेले माेटरसाइकललाई ठक्कर दिदाँ एक जनाकाे मृत्यु

बारा,८असार: बाराको सिमरामा भारतीय नम्बर प्लेटको स्कोरपियोले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन् ।

बिहीबार साँझ सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको बिआर ०५ पिए ९६५२ नम्बरको स्कोरपियोले ना५६प ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकलमा सवार बाराकाे जीतपुरसिमरा २ मुसहर्नीमाईका करिब ४५ वर्षीय बुद्धिलाल भुर्तेलको मृत्यु भएको हो ।

भुर्तेलको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाराकै कोल्हबीका ४० वर्षीय धर्मराज चौधरी गम्भीर घाईते भएका छन् । चौधरीको वीरगन्जस्थित अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

तिव्र गतिमा रहेको स्कोरपियोले सुर्य नेपालको आवास अगाडी सडक पार गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले स्कोरपियोका चालकलाई नियन्त्रणमा लिएको छ ।

Related posts

वीरगन्जमा पत्रकारहरुलाई आक्रमण गरी घाइते बनाउनेलाई कारबाही गर्न पत्रकार महासंघको माग

MadhesKhabar

पर्साकै एक वडामा लाग्यो यस्तो नियम : विवाह गर्नका लागि वडा कार्यालयबाट अब लिनुपर्छ अनुमति

MadhesKhabar

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

MadhesKhabar

Leave a Comment