Madhes Khabar
अर्थतन्‍त्र

कलैया उपमहानगरपालिकाकाे बजेट १ अर्ब ५४ कराेड

बारा,६असार: बाराकाे कलैया उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१का लागि १ अर्ब ५४ कराेड रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ ।

बुधबार कलैयामा आयाेजित उपमहानगरपालिकाको ११ओैं नगरसभाकाे अधिवेशनमा १ अर्ब ५४ करोड ३८ लाख ६६ हजार २ सय ५० रुपैंयाको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

उक्त बजेटमा चालू खर्च ९१ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ भने पुँजीगत खर्च तर्फ ६२ करोड ४० लाख ६६ हजार २ सय ५० रुपैयाँ विनियाेजन गरिएको मेयर विनाेद साहले जानकारी दिए ।

आगामी आर्थिक वर्षमा कलैया उपमहानगरपालिकाले आन्तरिक राजश्वबाट ३९ करोड ८८ लाख ५२ हजार २सय ५० रुपैया संकलन गर्ने प्रक्षेपण गरेको छ ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजिगत खर्चको ठुलो हिस्सा २१ करोड ६० लाख रुपैंया वडा स्तरिय योजनामा खर्च गर्ने भएको छ । यस्तै ६ करोड ७० लाख रुपैंया नगरस्तरिय योजनाका लागि छुट्याइएको छ ।

संघ सरकारको विषेश र समपुरक अनुदानबाट ४० करोड ४ लाख, प्रदेश सरकारको अनुदानबाट ३३ करोड १८ लाख ५ हजार र मालपोत कार्यालयबाट हुनसक्ने ४० करोड आयलाई उपमहानगरपालिकाले मुख्य आय श्रोत देखाएको छ ।

२७ करोड ७ लाख समानिकरण अनुदान, ५३ करोड २६ लाख शसर्त चालु अनुदान, ३६ लाख पूँजिगत अनुदान, राजश्व बाँडफाँड संघ सरकारबाट १८ करोड ८८ लाख २९ हजार र प्रदेश सरकारबाट २ करोड ५० लाख रुपैंयालाई समेत बजेटमा आयश्रोत देखाईएको छ ।

Related posts

उद्योगमन्त्री रिजाललाई जिल्लावासीको आग्रह : वीरगन्ज चिनी कारखाना चलाइदिनुस्

MadhesKhabar

दशैँ, तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमन हुन्छ : मन्त्री रिजाल

MadhesKhabar

‘सिक्दै कमाउदै कार्यक्रम’ उदेश्यले वीरगन्जमा दुई दिने ‘खाना तथा सांस्कृतिक मेला’ सुरु

MadhesKhabar

Leave a Comment